बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महिलाको अर्को फ्रेन्चाईज क्रिकेट लिग हुँदै

शुक्रबार, ०३ फागुन २०७५, १६ : ५९
शुक्रबार, ०३ फागुन २०७५

काठमाडौं– महिला क्रिकेट प्रतियोगितामा अर्को फ्रेन्चाईज लिग थपिएको छ । एनसिएल स्पोर्टस प्रालिले शुक्रबार मोफसलको विराटनगरमा एनसिएल वुमन्स टि–२० क्रिकेट लिग आयोजना गर्ने घोषणा गरेको हो । बिहिबार मात्र क्विन्स इभेन्ट म्यानेजमेन्टले पनि पहिलोपटक नेपालमा महिलाको फ्रेन्चाईज क्रिकेट लिग आयोजना गर्ने घोषणा गरेको थियो ।

महिला क्रिकेटले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलतालाई निरन्तरता दिन र महिला प्रतियोगिता बढाउन फ्रेन्चाईज लिग सञ्चालन गर्न लागिएको शुक्रबार आयोजित घोषणा कार्यक्रममा आयोजक एनसिएल स्पोर्टस प्रालिका प्रबन्ध निर्देशक जयराज रोयले बताए । चैत १ गते देखि ९ गतेसम्म हुने लिगमा चार टोलीको सहभागिता रहने पनि रोयले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप