बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

त्यो केटी मलाई मनपर्छ

शुक्रबार, ०३ फागुन २०७५, १५ : ११
शुक्रबार, ०३ फागुन २०७५

काठमाडौं – सागर अधिकारी नेपाली संगीतिक क्षेत्रमा चिनिएका गायक हुन् । उनी आफुलाई संगीतको योद्धा भन्न रुचाउँछन् । २०५८ मा ‘जलन’ एल्बम मार्फत गायन करियर सुरु गरेका उनी पछिल्लो समय गायक तथा संगीतकारको रुपमा चिनिएका छन् ।

०६६ मा सन्तोष श्रेष्ठको संगीतमा अर्काे एकल एल्बम ‘साधना’ ल्याएका उनले थुप्रै कलेक्सन र फुटकर एल्बममा पनि स्वर दिएका छन् । भजन, पप र गजल गीत गाएनमा समेत अब्बल रहदै आएका उनले गायन क्षेमताका कारण बेलाबेलमा विभिन्न पुरस्कार र अवार्ड समेत थाप्दै आएका छन् । दाङ, गोगलीका स्थायी बासिन्दा सागर अधिकारीलाई यस्तो छ रातोपाटीको दश प्रश्न ।

अहिलेसम्मको सांगीतिक यात्रा कस्तो रह्यो ?

–सांगीतिक क्षेत्र राम्रो पाएको छु । मैले शास्त्रीय संगीतमा मास्टर गरेको हुँ । संगीतमा अध्यायन गरेर यसैमा होमिएकोले मेरा लागि राम्रो छ । सन्तोष जनकनै छ । सांगीतिक क्षेत्रका कारणले बेला–बेलामा विभिन्न पुरस्कार र अवार्ड हात पर्ने गरेका छन् । एकमदै खुसी छु । 

संगीतिक क्षेत्रबाट आफ्नो चाहना पुरा गर्न सक्नु भयोकि, भएन ?

–गीत संगीतमा निरन्तर काम गरिरहेको छु । पछिल्लो समय मिडियाहरुको विकासले आकर्षक भिडियो निर्माण र प्रचार प्रसारमा केही कमी भए होलान् । आफ्ना व्यक्तिगत चाहना भने सबै पुरा भएका छन् । 

के हो संगीत ?

–संगीत त्यस्तो वस्तु हो । जसले सबैको मन छुने क्षमता राख्छ । पीडामा रहेकालाई हसाउँछ, हाँसेकालाई गम्भिर बनाउन सक्छ । केटाकेटीदेखि बृद्धसम्मको मनछुने, खुसी दिने र सन्तुष्टि प्रदान गर्ने एकमात्र माध्यम नै संगीत हो ।

दैनिक रियाज ?

– न्युनतम २ घन्टादेखि ५ घन्टासम्म मेरो दैनिक रियाज चल्ने गर्दछ । संगीतका लागेर करियर बनाउनका लागि यो आवश्यक छ ।

मनपर्ने केटी ?

– हेर्दा राम्रो देखिनुपर्यो । तर यो मुख्य बिषय भने होइन । उसमा सोच, विचार र उदेश्य राम्रो हुनुपर्यो । विश्वासिलो र अनुशासित पनि हुनपर्यो । त्यो केटी मलाई मनपर्छ ।

गायक युवती प्रेमी हुन्छन्, हो ?

–गीतसंगीतका लाग्नेका प्रसंशक धेरै हुन्छन् । त्यो श्रृजनाको प्रभावले हो । व्यक्तिगत जीवनको दायर भने फरक छ । यसमा कोसँग कति नजिक रहने भन्ने कुरा आफुमा भरपर्ने कुरो हो । युवतीको मावलामा म अलि पछि छु । सायद, विवाहित भएर पनि होला ।

तपाइलाई कसरी बुझ्ने ?

– म साधारण मानिस हुँ । सिम्पल लिभिङ, हाइ थिङ्किङमा विश्वास गर्छु । संगीतिक क्षेत्रको कुरा गर्ने हो भने यो क्षेत्रमा केही गरेरै छोड्ने उदेश्यले निरन्तर होमिएको एउटा योद्धा ।

फुर्सदको समय ?

–संगीतमा होमिएको ब्यक्ति भएकोले फुर्सदको समय पनि गीत संगीमै रमाउन मनपर्दा रहेछ । त्यसको अलवा परिवारसँग घुम्छु, आफन्त भेट्छु र यात्रा गर्छु ।

सपना केही छ कि ?

–म लामो समयदेखि संगीतमा होमिएको ब्यक्ति । मेरो नसानसामा संगीत बगेको छ । एउटा यस्तो गीत संगीत श्रृजना गर्ने रहर छ । जुन गीत संगीत स्वदेशमा मात्र होइन । विदेशका धेरै देशमा घन्कियोस् । 

मेला महोत्सवमा कलाकारको सहभागिता कति आवश्यक ?

–मेला महोत्सव कलाकारले आफुलाई एक्सपोज गर्ने, आफ्नो क्षमता देखाउने एउटा दर्बिलो माध्यम पनि हो । यो धेरै कलाकारको राम्रो आम्दानीको माध्यम पनि बनेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप