शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘नेपाल आइडल’ पछि फेरि भिडियोमा रीमा

शुक्रबार, ०३ फागुन २०७५, १४ : ०५
शुक्रबार, ०३ फागुन २०७५

काठमाडौं – चर्चित रियलटी शो ‘नेपाल आइडल’ होस्ट रीमा विश्वकर्मा नेपाल आइडलको फिनालेपछि फेरि म्युजिक भिडियोमा फर्किएकी छन् ।

उनलाई निर्देशक नव ढुंगेलले म्युजिक भिडियोमा फर्काएका हुन् । उनको अभिनय रहेको ‘मनको पिँजडामा’ बोलको गीतमाथि बनेको भिडियोमा सार्वजनिक भएको छ । भिडियोमा रीमालाई योगेन्द्र राईले साथ दिएका छन् । 

योगेन्द्र यस गीतका गायक पनि हुन् । गीतमा आसुपूर्ण खलिङ राईका शब्द  तथा निश्चल राईको संगीत छ । भिडियोमा माधव बेलबासको सम्पादन, अमृत सुनुवारको छायाँकन छ । 

सञ्चारकर्मीका रुपमा समेत चिनिएका निर्देशक ढुंगेल विगत ६ बर्षदेखी म्युजिक भिडियो, एबं विज्ञापन निर्माणमा सक्रिय छन् । उनले हालसम्म २०० जति भिडियो  र थुप्रै विज्ञापन निर्माण गरेका छन् । ढुंगेल आर्टिस्ट नेपाल नेटवर्कका सस्थापक अध्यक्ष पनि हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप