शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘मारुनी’का लागि गणेश मन्दिरमा पुगिन् साम्राज्ञी

शुक्रबार, ०३ फागुन २०७५, १३ : ५९
शुक्रबार, ०३ फागुन २०७५

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहने फिल्म ‘मारुनी’को शुभ   मुहूर्त गरिएको छ । शुक्रबार बिहान कमलादीस्थित गणेश मन्दिरमा निर्माण युनिटले पूजा गर्दै फिल्मको साइत छोपेको हो ।
सो अवसरमा फिल्मका निर्देशक नवल नेपाल, अभिनेत्री साम्राज्ञी, अभिनेता पुष्पल खड्का र नव–नायिका रेविका गुरुङ लगायत उपस्थित थिए ।

आगामी १३ गतेबाट छायाकनमा जाने फिल्म ंपूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गर्न लागेकी हुन् । यसको सह–निर्माताको रुपमा दर्शना केसी रहेकी छन् ।  फिल्ममा बाल–कलाकारको रुपमा कुशाग्र भट्टराई, स्वर्णिम पौडेल, सेफिअन्स लम्साल र साइरा आचार्यको समेत अभिनय रहनेछ । 

‘हामी एउटा फरक कथामा चलचित्र निर्माण गर्दैछौ ’ निर्माता पुनले भनिन् ‘ हेरिसकेपछि दर्शकलाई फ्रेस कथा अबश्य लाग्नेछ ।’ अभिनेत्री साम्राज्ञीले कथा मनपरेपछि आफू ‘मारुनी’सँग जोडिएको बताइन् । ‘म पहिलो पटक कुनै फिल्मको शुभसाइतमा मन्दिर आएकी हुँ । मन्दिर आएपछि अब आफ्ना सबै काम राम्रो हुन्छन् भन्ने लागेको छ’ साम्राज्ञीले भनिन् ‘दर्शकलाई ढुक्क हुन आग्रह गर्दछु ।’

कृष्ण गौतमले क्ल्याप ठोकेको कार्यक्रममा साम्राज्ञी आफैले मुहुर्त सर्टको निर्देशन गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप