बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्तले दिए राजीनामा

शुक्रबार, ०३ फागुन २०७५, १३ : ३१
शुक्रबार, ०३ फागुन २०७५

घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् ।

पाठकविरुद्ध महाअभियोग लगाउने तयारी भएपछि पाठकले त्यसवाट बच्न राजीनामा दिएका हुन् ।

राष्ट्रपति कार्यालयका सचिव छविन्द्र पराजुली काअनुसार आयुक्त पाठकले  राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष नेपालको संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७५/११/३ गतेदेखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट लिखित राजीनामा दिएका हुन् ।

पाठकले घुस लिएको स्वीकारेको भिडियो भेटिएको थियो ।

यसअघि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाठकविरुद्ध महाअभियोग लगाउन आजैबाट प्रकृया सुरु गर्ने बताएका थिए ।

आयुक्त पाठकले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ७८ घुस लिएको बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप