शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रथम प्रदेश दिवसको अवसरमा बुटवलमा भव्य कार्यक्रम, हेरौँ तस्विरहरु

शुक्रबार, ०३ फागुन २०७५, १३ : २७
शुक्रबार, ०३ फागुन २०७५

प्रदेश नम्बर ५ मा आज प्रदेश स्थापना दिवस मनाइँदै छ । सरकारले स्थापना दिवस मनाउने क्रममा आज भव्य कार्यक्रम आयोजना गरेको छ ।

स्थापना दिवसका अवसरमा बुटवल बहुमुखी क्याम्पसबाट सुरु भएको प्रभातफेरी बुटवलमण्डपमा आएर विशेष समारोहमा परिणत भएको हो ।

प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिँदै  स्थापना दिवसलाई भव्य रुपमा मनाउनको लागि आग्रह गरेको थियो ।

फागुन ३ गते प्रदेश सरकार गठन भएको दिनलाई आधारमानी प्रदेश स्थापना दिवस मनाउने निर्णय प्रदेश सरकारले गरे अनुसार दिवस मनाउन लागिएको हो ।

प्रदेश ५ को अस्थाई राजधानी बुटवलमा उपमहानगरपालिकोको ६० औँ स्थापना दिवस प्रथम प्रदेश दिवसलाई संयुक्त रुपमा मनाइँदैछ ।

सोही अनुसार झाँकी र मञ्चको व्यवस्थापन गरिएको थियो ।

प्रभातफेरीमा प्रदेशका मन्त्रीहरु कुलप्रसाद केसी, बैजनाथ चौधरीसहित प्रदेश सभा सदस्यहरु, बुटवलसहित विभिन्न नगरपालिकाका प्रमुख तथा जनप्रतिनिधहरु, कर्मचारी, संघ सस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।  बुटवलमा विभिन्न जाति समुदाय, टोल समुहको विशेष झाँकी प्रस्तुत गरिएको थियो ।

सोही अवसरमा प्रदेश स्थापनाको एक वर्ष नामक स्मारिका बिमोचन गरिएको थियो भने विभिन्न कर्मचारी , करदताहलाई सम्मान गरिएको छ । बुटवलमा मण्डपमा आयोजित कार्यक्रमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेललगायतको उपस्थित रहेको थियो ।

प्रदेश सरकारले ३ दिनसम्म प्रदेश स्थापना दिवश मनाउने निणर्य गरेपछि हिजोदेखि यस प्रदेशमा रक्तदान, सरसफाई, विद्यालयहरुमा वक्तित्वकला तथा हाजिरीजवाफ प्रतियोगिताहरु भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप