सारेगमपामा आयुषको दमदार प्रस्तुती, शीर्ष १५ का लागि भिड्दै
काठमाडौं– भारतको चर्चित टेलिभिजन शो सारेगमपा लिटिल च्याम्पमा नेपाली १२ बर्षका आयुष केसीले दमदार प्रस्तुती दिएका छन् ।
आयुष भोली शीर्ष १५का लागि भिड्दै छन् । सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने आयुषको पुरा भारत र नेपाल सहित विश्वभरि नै चर्चा भइरहेको छ । अहिले जी टिभीले रिलिज गरेको प्रोमो र आयुषको प्रस्तुति सामाजिक सन्जाल र डिजिटल मिडियामा भाईरल भएको छ ।
नेपालमै २ बर्ष अगाडि प्रशारण भएको पहिलो राष्ट्रव्यापी बालगायन कार्यक्रम ‘सुरशाला जुनियर आइडल’मा प्रथम भएका आयुषको पहिलो प्रस्तुति भोली शनिबार प्रसारण हुँदैछ ।
सानैबाट संगीतमा रुचि राख्ने आयुष तीन वर्षको उमेरदेखि गीत गाउँन थालेको आयुषका बुवा रामकृष्ण केसीले बताए । उनले संगीत सिक्न थालेको ५ वर्ष भयो । आयुषले सुरशाला म्यूजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीसंग संगीतको प्रशिक्षण लिई रहेका छन् ।
सारेगमपामा रियालिटी कार्यक्रममा अर्का नेपाली बालप्रतिभा प्रितम आचार्य पनि शीर्ष १५मा छनौट भईसकेका छन् । सारेगमपाले पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत भिडियोबाट अडिसन लिएको थियो ।
सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो । दिल्लीमा अडिसन दिन आयुष र प्रितमसँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए ।
‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउन्डको लागि मुम्बई गए । त्यसपछि ‘कलिङ्ग राउण्ड’ र ‘मेगा अडिसन’मा छानिएर टप ३० मा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा