फ्राइडे रिलिज : एक्लै आयो ‘बुलबुल’
फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट एकमात्र फिल्म ‘बुलबुल’ प्रदर्शनमा आएको छ । अघिल्लो साता दुई फिल्म प्रदर्शन आएपनि यो साता भने ‘बुलबुल’ले एकल प्रदर्शन अवसर पाएको हो ।
मौलिक कथावस्तु र फरक प्रचार शैलीका कारण चर्चामा रहेको ‘बुलबुल’ उपत्यकाको ३० भन्दा धेरै मल्टिप्लेक्स लगायत हल र उपत्यका बाहिर ६० बढी पर्दामा एकसाथ प्रदर्शनमा आएको निर्माण युनिटले जनाएको छ ।
फिल्म प्रचारका लागि सार्वजनिक टिजरहरु, टे«लर र दुई गीतको कारण चर्चा कमाएको फिल्म पछिल्लो समयको प्रतिक्षित फिल्म पनि हो ।
नेपालको एकमात्र फिल्म कलेज ओस्कार कलेजका प्रिन्सिपल विनोद पौडेलको लेखन एवं निर्देशन रहेको ‘बुलबुल’मा स्वस्तिमाको अलवा अबिरल थापा, जोयश पाण्डे, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, एलिना कार्की लगायतको पनि अभिनय छ ।
निर्देशक पौडेलले यस अगाडि ‘साँघुरो’ फिल्म लेखेका थिए । यो फिल्म लेखन मार्फत उनले लेखन मार्फत राष्ट्रिय चलचित्र पुरस्कार नै हात पारेका थिए ।
फिल्ममा निश्चल बस्नेत र रजिना रिमालको स्वर, उदगम परियार र कोशिस क्षेत्रीको संगीत, कोशिस क्षेत्री र मनिकला पौडेलका गीत, कविराज गहतराजको नृत्य छ ।
रामराजा पौडेल पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा अनिमेष सापकोटाको सम्पादन र सुसन प्रजापतिकोे छाँयाकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा