शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अधिकांश बैंकको सेयर आम्दानी बृद्धिः

कुन लगानीकर्ताको आम्दानी कति र ऋणको ब्याजदर कसको सस्तो  ?

शुक्रबार, ०३ फागुन २०७५, ११ : १०
शुक्रबार, ०३ फागुन २०७५

२८ वटै वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०७५÷०७६ को  दोस्रो त्रैमासको (६ महिनासम्म) वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् ।

विवरणहरुमा लगानीयोग्य रकमको अभावका बीचपनि बैंकहरुले राम्रै नाफा कमाएका छन् । ६ महिनामा झण्डै ३१ अर्ब नाफा गरेका बैंकहरुले ब्याजदरको आधार मानिने ‘बेसरेट’ भने घटाउन सकेका छैनन् ।

केही बैंकले थोरै घटाएपनि अधिकांश बैंकको बेसरेट दोहोरो अङ्कमा छ । यसले गर्दा ऋणीले सस्तो ब्याजमा ऋण पाउने अवस्था कम हुनेछ ।

यता, नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २७ वटा वाणिज्य बैंकहरुले यसपटक लगानीकर्तालाई राम्रै प्रतिफल दिने देखिन्छ ।

यद्यपि, केही बैंकको सेयर आम्दानी भने घटेको विवरण प्रकाशित छ ।

हामीले सर्वसाधारणलाई जानकारी दिन नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २७ वटा बैंकको सेयर आम्दानी र आधार मूल्यलाई विश्लेषण गरेका छौँ । राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत नभएकाले यसलाई भने विश्लेषणमा समावेश गरिएको छैन ।

२१ बैंकको सेयर आम्दानी बढ्यो, ६ वटाको घट्यो

वित्तिय विवरण प्रकाशित गरेका अधिकांश बैंकको सेयर आम्दानी गतवर्षको तुलनामा बढेको छ । २१ व्टा बैंकको सेयर आम्दानी बढ्दा ६ वटा बैंकको सेयर आम्दानी भने घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, जनता बैंक, नेपाल बैंक र एनसीसी बैंकका लगानीकर्ताको सेयर आम्दानी घटेको हो ।  सबैभन्दा बढी सेयर आम्दानी गर्ने बैंक नबिल भएको छ । यसको प्रतिसेयर आम्दानी ५४ रुपैयाँ २८ पैसा छ । यो भनेको हाल यस बैंकका सेयर धनीले एक सेयर बराबर ५४ रुपैयाँ २८ पैसा कमाएका छन् भन्ने हो । यसपछि एभरेष्ट र एनआईसी एसियाको सेयर आम्दानी बढी छ । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी बैंकहरुले पुँजी बृद्धिको लक्ष्य भेट्टाइसकेको र व्यवसाय बृद्धि गरेकाले पनि प्रतिसेयर आम्दानीमा बृद्धि भएको बताउँछन् ।

यस्तो छ बैंकको सेयर आम्दानी

कुमारी बैंकको आधारदर सबैभन्दा महङ्गो, नेपाल बैंकको सबैभन्दा कम

पुस मसान्तपछि बैंकहरुले ऋणको ब्याजदर क्रमशः घट्दै जाने बताएका थिए । तर जब बैंकहरुको दोस्रो त्रैमासको प्रतिबेदन आयो त्यसमा गत वर्षको तुलनामा बैंकहरुको बेस रेट नै अपेक्षित रुपले घट्न सकेन । कर्जाको ब्याजदर सस्तो वा महङ्गो कस्तो छ भन्ने आधार भनेको बैंकहरुको आधारदर हो । आधारदर नै अधिकांश बैंकहरुको साढे ११ प्रतिशतसम्म रहेको छ । अहिले सबैभन्दा महङ्गो आधारदर कुमारी बैंकको छ । यसको आधारदर ११.५५ प्रतिशत रहेको छ जुन गत वर्षको तुलनामा बढी हो । यसको गत वर्ष ११.१७ प्रतिशत रहेको थियो । सरकारको स्वामित्व समेत रहेको नेपाल बैंकको भने सूचीकृत कम्पनीहरुमा सबैभन्दा सस्तो आधारदर छ । अहिले यसको आधारदर ६.०६ प्रतिशत छ । गत वर्षको यसै अवधिमा बैंकको आधारदर ६.९३ प्रतिशत रहेको थियो । बेस रेट अपेक्षित नघट्नुमा बैंकहरुको सञ्चालन लागत बढ्नु रहेको एनएमबी बैंकका केसी बताउँछन् ।

कुन बैंकको आधारदर कति ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप