शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वावे र जीटीईलाई फाइज–जी सेवाबाट प्रतिबन्ध लगाउन अमेरिकाले गरेको अह्वानलाई जर्मनी र इटालीद्वारा अस्वीकार

शुक्रबार, ०३ फागुन २०७५, ११ : १०
शुक्रबार, ०३ फागुन २०७५

रोयटर्स । इटालीले आफ्नो पाँचौ पुस्ताको मोबाइल सञ्जाल निर्माणमा चिनियाँ कम्पनीहरु ह्वावे टेक्नोलोजीज् र जीटीई कोर्पलाई प्रतिबन्ध लगाउनेछ भन्ने रिपोर्टको खण्डन गरेको छ । 

“यस्तो कुनै खालको अग्रसरता लिने हामीहरुको कुनै मनसाय छैन,” एक वक्तव्य जारी गर्दै इटालीका उद्योग मन्त्रीले भने । 

अमेरिकाले ह्वावेको चिनियाँ सरकारसँग सम्बन्ध रहेको आरोप लगाइरहेको छ । चिनियाँ राज्यसँगको बलियो गठजोडका कारण ह्वावेको उपकरण प्रयोग गरेमा बेइजिङलाई डाटा लिएर जासुसी गर्न सम्भव हुने अमेरिकाको दावी छ । यही कारणले उसले आफ्ना मित्र राष्ट्रहरुलाई ह्वावे र जीटीईका उपकरण प्रतिबन्ध लगाउन आह्वान गरिरहेको छ । 

चिनियाँ कम्पनीहरुले भने अमेरिकाको आरोप अस्वीकार गर्दै आएका छन् । ह्वावेको विश्वको सबैभन्दा ठूलो टेलिफोन उपकरण निर्माता हो । उ पाँचौ पुस्ताको मोबाइल प्रणाली विकास गर्ने पनि विश्वकै अग्रणी कम्पनी हो ।

अघिल्लो विहिबार इटालियन दैनिक पत्रिका ‘ला स्टाम्पा’ ले इटालीका एक वरिष्ठ सरकारी स्रोतलाई उल्लेख गर्दै इटाली सरकारले आफ्नो विशेषाधिकार प्रयोग गरेर चिनियाँ सञ्चालक संलग्न रहेको सम्झौता रद्ध गर्न सक्ने बताएको लेखेको थियो ।  

तर उद्योग मन्त्रीले जारी गरेको वक्तव्यमा भने उक्त रिपोर्टलाई खण्डन गर्दै चिनियाँ कम्पनीबाट इटालीको सुरक्षामा खतरा रहेको कुनै प्रमाण नपाइएको भनेका छन् । 

“राष्ट्रिय सुरक्षा हाम्रो प्राथमिकता हो र यदी कुनै जटिलता देखियो भने मन्त्रालयले आवश्यक कदमबारेमा सोचविचार गर्नेछ । तर हालसम्म कुनै पनि मुद्धा आएको छैन,” उनले भने । 

युरोपेली युनियनले ह्वावेलाई प्रतिबन्ध लगाउने खालको कुनै कदम चालेको छैन । तर संयुक्त अधिराज्यको बीटी ग्रुप र फ्रान्सको ओरेन्जजस्ता टेलिकम संचालकले भने तिनको राष्ट्रिय सञ्जालको कोरबाट ह्वावेको फाइभ–जी उपकरण प्रयोग नगर्ने बताएको छ । 
इटालीको प्रमुख मोबाइल प्रदायक ‘टेलिकम इटालिया’ले सरकारले अन्यथा नभनेसम्म आफूहरु ह्वावेसँग सहकार्य गरिरहने बताएका छन् । 

त्यस्तै इटालीकै ब्रोडब्याण्ड पूर्वाधार कम्पनी ओपन फाइबर र सेवा प्रदायक विण्ड ट्रीले अर्को चिनियाँ कम्पनी जीटीईसँगको सहकार्यमा दुई शहरहरु प्राटो र एक्वीलामा फाइभ–जीको परिक्षण गर्दै छन् ।

जर्मनीले पनि ह्वावेलाई प्रतिबन्ध लगाउन अमेरिकाले गरेको आह्वानलाई चुपचाप मानेको छैन । जर्मन चान्सलर एन्जेला मार्केलले ह्वावेलाई आफ्नो देशको पाँचौ पुस्ताको सञ्जाल निर्माणको हिस्सा हुन दिने तर त्यसको लागि ह्वावेले त्यहाँका ‘डाटाहरु’ चिनिया राज्यलाई हस्तान्तरण नगर्ने कुराको ग्यारेन्टी गर्नुपर्ने बताएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप