बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नौ किलो लागुऔषधसहित दुई पक्राउ

बिहीबार, ०२ फागुन २०७५, २१ : १२
बिहीबार, ०२ फागुन २०७५

धादिङ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले आज दिउँसो नौ किलोग्राम प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

गजुरी गाउँपालिका–५ देउरालीमा विशेष सुराकीको आधारमा प्रहरीले शङ्का लागि जाँच गर्दा प्रतिबन्धित लागुऔषध चरेस बनाउन प्रयोग गरिने धुलो नौ किलोग्राम छ वटा पोकामा राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । 

बा २५ प ५२९३ नम्बरको पल्सर मोटरसाइकलमा सवार बेनिघाट रोराङ गाउँपालिका–१ सुन्दरनागीका ३५ वर्षीय विकास तामाङ र सोही स्थान निवासी मोटरसाइकल चालक २१ वर्षीय मनिस लामालाई मोटरसाइकलसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 

उनीहरुले चरेस बनाउने धुलो पाउडर लगेर लागुऔषध बनाउन लागिएको भन्ने सूचना पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका दुवै जनालाई लागुऔषध नियन्त्रणसम्बन्धी ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप