शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाको पनि फ्रेन्चाइज लिग

बिहीबार, ०२ फागुन २०७५, २१ : ०७
बिहीबार, ०२ फागुन २०७५

काठमाडौं । पुरुषको जस्तै महिलाको पनि फ्रेन्चाइज लिग क्रिकेट हुने भएको छ । यसको आयोजना क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आगामी चैत २२ देखि ३० गतेसम्म फ्रेन्चाइजी वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) क्रिकेट गर्न लागेको हो । 

लिगमा पाँच शहरका पाँचवटै टिमको सहभागिता रहने बिहिबार लिग घोषणा कार्यक्रममा क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्वी लामाले जानकारी दिए । लिगमा शीर्ष दुई स्थान हात पार्ने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

टिमलाई सन्तुलित बनाउनको लागि अक्सन या ड्राफ्टका आधारमा खेलाडी समावेश गरिने छ । फ्रेन्चाइज शहरको टोली र पुरस्कार राशि केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप