सन्दीपको टोली मेलबर्न हुरिकेन्सलाई हराउँदै फाइनलमा
काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्स अष्ट्रेलियामा जारी बिग बास लिग टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको सेमिफाइनलमा होबर्ट हुरिकेन्सलाई ६ विकेटले हराउँदै मेलबर्न फाइनलमा पुगेको हो ।
होबर्टमा घरेलु टोलीले दिएको एक सय ५४ रनको लक्ष्य मेलबर्नले १८.५ ओभरमा ७चार विकेटको क्षतिमा पूरा गरेको थियो । मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले अविजित ४३ रन बनाए ।
पिटर ह्याण्ड्सकम्बले ३५, सेब कोट्च अविजित ३३, निक म्याडिस्सन र मार्कस स्टोइनिसले समान १८–१८ रन बनाए । होबर्टका कुईस अहमेदले तीन र ज्याफ्रा आर्चरले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको होबर्टले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक ५३ रन बनाएको थियो । होबर्टका लागि बेन म्याकडर्ममोटले सर्वाधिक ५३ रन बनाए । जर्ज बेलीले ३७ र माथ्यु सर्टले ३५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
बलिङमा मेलबर्नका ड्यानिएल वारेलले चार तथा एडम जाम्पा र ड्यान ब्राभोले एक एक विकेट लिए । नेपालका सन्दीप विकेट विहीन बने । चार ओचर पूरै बलिङ गरेका सन्दीपले ३१ रन खर्चिएका थिए । अब मेलबर्नले उपाधिका लागि सिड्नी सिक्सर्स र मेलबर्न रेनेगाड्सबीचको विजेतासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल