टाटा मोटर्सको नयाँ शोरुम बिराटनगरमा, टाटाका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध
विराटनगर–भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्ना उत्पादन बिक्रीवितरणका लागि बिराटनगरमा नयाँ शोरुम संचालनमा ल्याएको छ ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंगको विराटनगरका लागि आधिकारिक वितरक गोयल अटोले बुधबार देखि शोरुम संचालनमा ल्याएको हो । ३ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको, विराटनगरको पिपलबोटमा अवस्थित यो शोरुम यस शहरकै ठूला शोरुमहरु मध्ये एक हो, जहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुनेछ ।
शोरुमको उद्घाटन समारोहबीच बोल्दै टाटा मोटर्स अन्तर्र्रािष्ट्रय व्यापारका प्रमुख, सुजन रोयले भने, “टाटा मोटर्सका लागि महत्पूर्ण मानिएको नेपाली बजारमा यस प्रकारको उच्चस्तरीय शोरुम संचालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने हाम्रो प्रयत्नलाई सबल बनाएको छ । ग्राहकको सन्तुष्टि हाम्रो उच्च प्राथमिकता हो र सिप्रदी ट्रेडिंग र गोयल अटोको नेतृत्वमा यस शोरुमको संचालनले यस क्षेत्रमा विक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम आउने कुरामा हामी विश्वस्त छौं ।”
सिप्रदी ट्रेडिंगका अध्यक्ष सौर्य एस.जे.बी. राणाले गोयल अटोसंगको यो साझेदारीले ग्राहकहरुमाझ टाटा मोटर्सको पहुच सहज बनाएकोमा र सेवा र सुविधा अझै सुदृढ हुदै जाने भएकोमा आफू हर्षित भएको बताए । आधुनिक शोरुम संगै टाटाका विभिन्न आकर्षक मोडेलका कारहरु (नेक्सन, एनआरजी, जेस्ट, बोल्ट, स्ट्रम, हेग्जा, टियागो र टिगोर) यसरी बिक्रिवितरण गर्न पाउदा ग्राहकहरु अझै लाभान्वित हुनेकुरामा आफू विश्वस्त रहेको बताए ।
शोरुमको उदघाटन गर्दै गोयल अटोका व्यवस्थापकीय प्रमुख स्नेह गोयलले टाटाको नयाँ शोरुम खोल्न पाउँदा र ग्राहकलाई उच्च स्तरको सेवा स्थनीय स्तरमै दिन पाउदा आफू खुशी भएको बताए । त्यसैगरी गोयल अटोका प्रोपराइटर हनुमान अग्रवालले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै शोरुमले आफ्ना ग्राहकवर्गलाई उत्कृस्ट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा