चुनावी र्यालीमा भएको भागदौडपछि १५ जनाको मृत्यु
अबुजा– नाइजेरियाको दक्षिणी क्षेत्रमा आयोजित चुनावी र्यालीमा भएको भागदौडमा परी परी १५ व्यक्तिको मृत्यु भएको छ । मंगलबार भएको घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गएर बुधबार सम्ममा १५ पुगेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
घाइतेहरुलाई उपचारका लागि लगिएको पोर्ट हार्रकोर्ट शिक्षण अस्पतालका प्रवक्ता केम डानिएल इलेबिगाले जारी गरेको वक्तव्यमा १५ जनाको मृत्यु भएको जानकारी दिइएको छ । मारिएका तीन जना पुरुष र १२ जना महिला रहेका पनि वक्तव्यमा जानकारी दिइएको छ ।
घटनामा परी घाइते भएका मध्ये १२ जनाको अस्पतालमा उपचार भइरहेको छ । तीन जनालाई भने उपचारपछि घर पठाइसकिएको अस्पतालले स्रोतले जानकारी दिएको छ ।
रिभर्स राज्यको राजधानी पोर्ट हारकोर्टमा रहेको रंगशालामा मंगलबार भएको चुनावी र्यालीमा भागदौड भएको थियो । सत्तारुढ दल ‘अल प्रोग्रेसिभ कङ्ग्रेस (एपीसी)’ का समर्थकहरुले राष्ट्रपति मोहम्मद बुहारीको समेत सहभागीतामा र्याली निकालेका थिए । -सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा