बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिवाईसी अत्तरियाको दोस्रो जित

बिहीबार, ०२ फागुन २०७५, १४ : १२
बिहीबार, ०२ फागुन २०७५

काठमाडौं– सिवाईसी अत्तरियाले तेस्रो धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । फाप्ला क्रिकेट मैदानमा बिहिबार भएको खेलमा अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले हरायो ।

दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाले दिएको एक सय २२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको रुपन्देही २० ओभरमा सबै विकेट गुमाएरु ८२ रनमा समेटिएको थियो । वसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीको जितमा सुमित महर्जनले सर्वाधिक २२ रन बनाए । सन्दीप सुनारले १५ तथा प्रदिप ऐरी र बिक्रम शोवले समान १४–१४ रन बनाए । विनोद भण्डारी १० रन जोडे ।

रुपन्देहीलाई सस्तैमा समेट्न अत्तरियाका सन्नी पटेल, भुवन कार्की, दिपेन्द्रसिंह ऐरी र दिपेन्द्र रावतले समान दुई–दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ९ विकेटको क्षतिमा  एक सय २१ रन बनाएको थियो । अत्तरियाका लागि कप्तान दिपेन्द्रले ६७ रनको अर्धशतकीय इनिङस खेले । रित गौतम, सन्नी पटेल र सुबेन्धु पाण्डेले समान समना १२–१२ रन बनाए । रुपन्देहीका ललितसिंह भण्डारीले तीन, विक्रम शोबले दुई तथा  वसन्त रेग्मी र पुनित मेहेराले एकएक विकेट लिए ।

जितसँगै अत्तरियाले चार अंक जोडेको छ । पहिलो खेलमा अत्तरियाले धनगढी स्टार्सलाई पराजित गरेको थियो । तीन खेलमा पहिलो हार खेपेको रुपन्देहीको पनि चार अंक छ । रुपन्देहीले पहिलो खेलमा महेन्द्रनगर र दोस्रो खेलमा विराटनगरलाई हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप