बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको एक विप्रेषण कारोबारमा अर्को निःशुल्क

बिहीबार, ०२ फागुन २०७५, १२ : २९
बिहीबार, ०२ फागुन २०७५

काठमाडौं–एन आई सी एशिया बैंक लिमिटेडले स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकहरुलाई एन आई सी एशिया रेमिट मार्फत एउटा विप्रेषण कारोबार गर्दा अर्को विप्रेषण कारोबार निःशुल्क प्रदान गर्ने आर्कषक योजना सार्वजनिक गरेको छ ।

बैंकले यो योजना फाल्गुण र चैत्र दुई महिनाका लागि ल्याएको हो । यस अवधिमा बैंकको ग्राहकहरु तथा कुनै पनि व्यक्तिले एन आई सी एशिया रेमिट मार्फत नेपालभरी कुनै पनि ठाउँमा आन्तरिक विप्रेषण कारोबार गर्दा यो सुविधा प्राप्त सक्नेछन् ।

एन आई सी एशिया रेमिट मार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्दा न्यून शुल्क लाग्ने अवस्थामा यस योजनाले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकहरु अझ बढि लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

एन आई सी एशिया रेमिट मार्फत पठाएको आन्तरिक विप्रेषणको रकम यस बैंकको मुलुकभर फैलिएको २७६ शाखा कार्यालयहरु, ३९ वटा एक्सटेन्सन काउण्टर, २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

यो सुविधाबाट ग्राहकहरुले पैसा पठाउँदा उच्चतम लाभान्वित हुने र झन्झट रहित तरीकाबाट पैसा पठाउन र निकाल्न सकिने बैंकले जानकारी गराएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप