शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नायिका आत्महत्या मामलाः प्रेमीविरुद्ध मुद्दा दर्ता, हिरासतमा राखेर सोधपुछ

बिहीबार, ०२ फागुन २०७५, ११ : ५७
बिहीबार, ०२ फागुन २०७५

तेलुगु टिभी नायिका नागा झाँसी (२१) ले फेब्रुअरी ५ मा आफ्नो घरको पङ्खामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । उनी हैदराबादको श्रीनगर कोलोनीमा बस्थिन् । उनले प्रेममा धोका पाएका कारण यस्तो कदम उठाएको बताइन्छ ।

भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार उनी सूर्या तेजा भन्ने व्यक्तिसँग सम्बन्धमा थिइन् तर उनले झाँसीसँग विवाह गर्न अस्विकार गरेका थिए । सूर्याको यस्तो निर्णयले झाँसी निकै तनावमा थिइन् र उनले आत्महत्या गरिन् । अब पुलिसले सूर्या तेजामाथि आत्महत्याका लागि उक्साएको भन्दै मुद्दा दर्ता गरेको छ । साथै उनलाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ ।

आत्महत्या अघि गरेकी थिइन् तेजासँग कुराः

टाइम्स अफ इन्डियामा छापिएको रिपोर्ट अनुसार यो मामलामा अनुसन्धान गरिरहेका सब इन्सपेक्टर चन्द्रशेखरले भने, ‘आत्महत्या गर्ने दिन झाँसीले सूर्यालाई फोन गरेकी थिइन् र उनले कुराकानी गरेकी थिइन् तर सूर्याले उनीसँग राम्रोसँग कुरा गरेनन् र आफू निकै व्यस्त हुने भएकाले दुई दिनसम्म फोन नगर्न भन्दै फोन राखे ।  त्यसपछि झाँसीले तेजालाई फोन गरिन् तर उनले उठाएनन् ।’

झाँसीका परिवारसँग पनि पुलिसले बयान लिएको छ जसमा उनकी आमाले झाँसीले सूर्यालाई १.३ लाख भारुको बाइक उपहार दिएको जानकारी दिइन् । साथै उनले सूर्यालाई नागाले टिभी सिरियलमा काम गरेको मन नपरेको पनि बताइन् । नागाको परिवारको बयानको आधारमा नै पुलिसले सूर्या विरुद्ध मुद्दा दर्ता गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप