बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भ्यालेन्टाइन जोडी : सलिनमान र मालिका (फोटोफिचर)

बिहीबार, ०२ फागुन २०७५, ०९ : ४७
बिहीबार, ०२ फागुन २०७५

रियल नभएर रिलका जोडी हुन् सलिनमान बनियाँ र मालिका महत । यी दुबैले फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ अभिनयमा जोडी बाँधेका हुन् । 

चैत्रको अन्तिसाता रिलिज हुने यो फिल्मको पोष्टर र गीत लगायतका केही प्रचार सामाग्री सार्वजनिक भएका छन् । जसको कारणले पनि यी जोडीको चर्चा हुन थालेका छ ।

फिल्मको प्रचार सामाग्रीमा एकअर्काेसँग खुलेरै रोमान्स गरेका यी जोडीको रियलमा पनि प्रेम होला भन्ने धेरैको अनुमान छ । तर रियलमा नभएर आफुहरु रिलको प्रेम जोडी रहेको दुवै बताउँछन् । 

सलिनमान र मालिकाको भेट यही फिल्म अभिनय सिलसिलामा भएको हो । सलिनमानले यस अगाडि ‘ए मेरो हजुर २’ अभिनय गरेका थिए । मालिकाको भने यो डेब्यु फिल्म हो ।

केही फिल्म एकसाथ अभिनय गर्दा पनि राम्रो साथी बन्न नसकेको केही फिल्मी जोडी हामीले देखेका छौँ । तर सलिनमान र मालिका भने एकअर्काेको नजिकका साथी भने बनेको छन् । 

हँसिलो अनुहार र मिलनसार स्वभावका यी दुवै बीचको केमेस्ट्री लोभलाग्दो छ । अरुसँग झट्ट खुलिहाल्न नसक्ने यी दुवै घुलमिल भएपछि भने धक फुकाएर बोल्न डराउँदैनन् । 

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’को प्रदर्शन मिति दिन प्रतिदिन नजिकिँदै छ । त्यसैले पछिल्लो समय यी दुवैलाई हामीले धेरै समय एकसाथ पनि देख्न सक्छौ । 

फिल्ममा सलिनमान यात्रीको भूमिका छन् । मालिकाले उनको प्रेमिकाको भूमिका निर्वाह गरेकी छन् । 

सम्राट शाक्यको निर्देशित यो फिल्ममा सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, प्रेक्षा बज्राचार्य, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतका कलाकारको पनि अभिनय छ । 

आज ‘भ्यालेन्टाइम डे’ अर्थात प्रेम दिवस हो । सोही अवसर पारेर हामीले पनि ‘यात्रा : अ म्युजिकल भ्लग’ को जोडी अर्थात सलिनमान र मालिकाको ‘भ्यालेन्टाइन मुड’ लाई तस्विरमा प्रस्तुत गरेका छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रदीपराज वन्त
प्रदीपराज वन्त
लेखकबाट थप