बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रणय दिवसमा वर्षा र संजोग प्रणय सूत्रमा बाँधिदै

बिहीबार, ०२ फागुन २०७५, ०९ : ०७
बिहीबार, ०२ फागुन २०७५

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको आज अर्थात् भ्यालेन्टाइन्स डेको दिन विवाह हुँदैछ ।

राजधानीको एक पार्टी प्यालेसमा यी दुईको विवाह हुने बताइएको छ । उनीहरुले विवाह स्थल गोप्य राखेका छन् ।  विवाहमा यी दुईको आफन्तको उपस्थिती रहने  छ ।

यसै सोमबार यी दुईले राजधानीकै एक पार्टी प्यालेसमा इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्टमा वर्षा र संजोगका परिवारका केही सदस्य मात्र सहभागी थिए ।

इन्गेजमेन्टको जानकारी दुबैले सामाजिक संजालमार्फत तस्बिर सेयर गर्दै दिएका हुन् ।

वर्षा र संजोग  ‘अफिसियल्ली इन्गेज्ड’

विवाहको मिति फागुन २ गते जुर्दा सुरुमा आफूलाई यो दिन भ्यालेन्टाइन्स डे पनि परेको थाहा नभएको वर्षाले यसअघि बताएकी थिइन् । त्यसकारण करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका वर्षा र संजोगको विवाह प्रेम दिवसको दिन हुनु संयोग नै मान्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप