शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आठौं राष्ट्रिय खेलकुदमा एनआरएनले भाग लिने

बुधबार, ०१ फागुन २०७५, २० : ४२
बुधबार, ०१ फागुन २०७५

काठमाडौं । नेपालगन्जमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएन टोलीका खेलाडीको सहभागिता निश्चित भएको छ । 

एनआरएनलाई प्रतियोगितामा सहभागी गराउने सम्बन्धी सम्झौता पत्रमा बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट र एनआरएनएका अध्यक्ष भवन भट्टबीच हस्ताक्षर भएको छ । 

एनआरएनएको आधिकारिक प्रतिनिधिको सिफारिसमा मात्र एनआरएन खेलाडीले आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाउने राखेपले जनाएको छ । 

एनआरएनका खेलाडीले सुविधाको हकमा नेपालमा रहँदा प्रतियोगिता अवधिभर अन्य खेलाडीलाई दिने सुविधा सरह एनआरएन खेलाडीलाई पनि सुविधा उपलब्ध गराइने सदस्य सचिव बिष्टले बताए । 

खेलाडीले सम्बन्धित देशबाट आउने–जाने खर्च भने आफैले व्यहोर्नु पर्नेछ । बृहत राष्ट्रिय खेलकुदमा एनआरएनका खेलाडी पहिलो पटक सहभागी हुन लागेका हुन् । एनआरएन खेलाडीले व्यक्तिगत स्पर्धामा मात्र भाग लिन पाउने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप