कार्यकाल सकिनै लाग्दा नरेन्द्र मोदीले यसरी सम्झे नेपाललाई
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई महाविपति पर्दा भारतले सहयोग गरेको स्मरण गरेका छन् । वुधबार भारतीय लोकसभाको अन्तिम दिन सम्बोधन गर्दै नेपालमा महाभूकम्प जाँदा भारतले मानविय उदारता देखाएको दाबी गरे ।
उनले आफ्नो ५ वर्षे कार्यकालमा विश्वमा मानवीय काममा ठूलो भूमिका रहेको दाबी गर्दै नेपालमा भूकम्प जाँदा होस् वा दुनियाँका ठूला महासंकटमा भारतले सहयोग गरेको दाबी गरे । उनले विश्वमा भारतले देखाएको उदारताको राष्ट्रसंघले समेत समर्थन गरेको बताए ।
यद्यपि, प्रधानमन्त्री मोदीले भूकम्पलगत्तै नेपालले नयाँ संविधान जारी गरेको बेला नेपाल–भारत सीमामा भएको नाकाबन्दी र आन्दोलनको बारे भने केही बताएनन् । त्यसबेला मधेसी दलहरुको आन्दोलनलाई समर्थन गर्दै भारतले नेपालको सीमामा करिब ६ महिना अघोषित नाकाबन्दी लगाएको थियो । सो नाकाबन्दीले नेपालले निकै ठूलो कष्ट बेहोर्नुपरेको थियो ।
लोकसभामा प्रधानमन्त्री मोदीले विपक्षी दल काँग्रेस आइका नेता राहुल गान्धीप्रति कटाक्ष गरेका थिए ।
सभामा मोदीले विपक्षी नेता मल्लिकअर्जुन खड्गेको तारिफ गरेका थिए भने अर्का नेता मुलायमसिंहले प्रधानमन्त्री मोदीलाई फेरि अर्को कार्यकाल पनि मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त होस् भन्दै कामना गरेका थिए । प्रधानमन्त्री मोदी नेतृत्वको सरकारको यो अन्तिम कार्यकाल हो । भारत लोकसभा चुनावको महोलले तात्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा