विश्व प्रख्यात बडी बिल्डर रोली विङ्कलार नेपाल आउने
काठमाडौ– काठमाडौंको प्रज्ञा भवनका शनिबार हुने आइएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिपमा नेपालसहित १६ देशका बडी बिल्डरले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक आइएफबीबी लिग नेपालका संयोजक सानु गुरुङले जानकारी दिए ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा गुरुङले च्याम्पियनसिपमा नेपालसहित इरान, इराक, साउदी अरेबिया, युएई, कतार, कुबेत, भारत, पाकिस्तान, श्रीलंका लगायत १६ देशका बडी बिल्डरको सहभागिता पक्का भएको बताए । गुरुङका अनुसार च्याम्पियनसिपमा ६० जना चर्चित बडी बिल्डरले प्रतिस्पर्धा गर्नेछन् ।
खेलाडीको अन्तिम नामावली शुक्रबार प्रकाशित हुनेछ । शनिबार विहान पिजिजिङ र दिउँसो फाइनल खेल हुनेछ । प्रतियोगितामा विश्व प्रख्यात बडी बिल्डर रोली विङ्कलार नेपाल आउँदैछन् । उनी यस वर्षको आर्नोल्ड क्लासिक विजेता हुन् । द विस्ट र सामुराई उपनामले चिनिने उनी विश्वको सबैभन्दा ठूलो ज्यान भएका व्यक्ति हुन् । उनको हातको पाखुरा मात्र २४ इन्चको छ ।
बडी बिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन प्रो कार्ड आवश्कता पर्छ र त्यसका लागि प्रो कार्ड अनिवार्य लिनुपर्ने हुन्छ । नेपालमा हुने प्रो क्वालिफायरमा चार क्याटेगोरी प्रो कार्ड रहेका छन् । ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’ ‘मेन्स बडिबिल्डिङ,’ र महिलातर्फको ‘ओमन फिजिक’मा ‘प्रो कार्ड’ का लागि प्रतिस्पर्धा हुनेछ । चार विधाका च्याम्पियनले मिस्टर ओलम्पियामा भाग लिन पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सहसचिव सचिवमा बढुवा
-
शिक्षण संस्थामा गरिएको शुल्क वृद्धि खारेज गर्न अखिल क्रान्तिकारीको माग
-
लुम्बिनी प्रदेशका मन्त्रीले लिए शपथ
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले शुक्रबार विश्वासको मत नलिने
-
काठमाडौँमा कक्षा १२ को परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोकियो
-
फोन गर्ने बहानामा मोबाइल मागेर फरार, मोबाइल बैंकिङ चलाएर रकम चोरी