हिरो महिला गोल्डकप फुटबल: नेपालले इरानलाई ३–० ले हरायो
काठमाडौं– हिरो महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपालले इरानलाई ३–० ले पराजित गरेको छ । भारतमा जारी सो प्रतियोगितामा फिफा बरियतामा आफु भन्दा ४८ औं स्थान माथि रहेको इरानलाई नेपालले हराएको हो ।
खेलमा सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनसँगै नेपाली टोली इरानमाथि हावी भएको थियो । जितसँगै नेपालको फाइनल प्रवेश सम्भावनाको ढोका खुलेको छ । नेपालका लागि भण्डारीले २ गोल गर्दा अनिता बस्नेतले एक गोल गरेकी थिइन् । खेलमा अग्रता भने अनिताले दिलाएकी थिइन्।
भारतको उडिसा स्थित कालिङ्गा रंगशालामा सम्पन्न खेलमा अनिताले ४१ औं मिनेटमा गोल गरेकी थिइन्। यस्तै सावित्राले ५९ औं र ८९ औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । जितसँगै नेपालले ३ खेलमा २ जित र १ हारसँगै ६ अंक जोडेको छ। नेपाल यसअघि पहिलो खेलमा म्यानमारसँग पराजित भएको थियो।
नेपालले फाइनल प्रवेश गर्न भारत र म्यानमार बीच हुने खेलको नतिजा कुर्नुपर्नेछ। यो प्रदर्शनले भने फाइनल प्रवेशका लागि सम्भावनाको ढोका खोलिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै