काठमाडौँमा सात महिनामा ७ सयभन्दा बढी मोटरसाइकल चोरी
यो आर्थिक वर्षको सात महिनाको अवधिमा काठमाडौँबाट ७ सय ४७ वटा मोटरसाइकल हराएको तथा चोरी भएको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा हराएका र चोरी भएकामध्ये १ सय ८५ वटा सवारी खोजतलास गरी सम्बन्धित सवारी धनीलाई बुझाइएको छ । यसमा ४८ जनालाई मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ गरी कारवाही गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।
यसमा ४२ वटा सवारीलाई अनुसन्धानपछि आवश्यक कारवाहीको लागि भन्सार पठाइएको छ ।
यो आर्थिक वर्षमा ५ वटा चार पाङ्ग्रे सवारी साधनलाई अनुसन्धान पश्चात कारवाहीका लागि भन्सार पठाइएको छ भने चोरी भएको एउटा चार पाङ्ग्रेलाई सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
पीडित सहायता इकार्यका प्रहरी निरिक्षक रुद्र बहादुर शाहीका अनुसार चोरी भएका दुई पाङ्ग्रै साधनहरु उपत्यका नजिकका विकट पहाडी जिल्लाहरुमा चल्ने गरेको पाइएको छ ।
‘गत महिना मात्र नुवाकोटबाट चोरी भएका १९ वटा मोटरसाइकल ल्याइएको थियो । अझै पक्राउ परेका ७ वटा मोटरसाइकल ल्याउन बाँकी रहेको छ,’ शाहीले भने ।
उनका अनुसार काठमाडौँमा विभिन्न तरिकाले सवारी साधन चोरी हुने गरेका छन् । यसमा विशेष गरेर लामो समय पार्किङ गरिने सवारी साधान, एकान्तमा राखिएका, अस्पताल क्षेत्रमा राखिएका र अव्यवस्थित पार्किङमा राखिएका सवारीहरु चोरी हुने गरेका छन् ।
‘कहिले टेस्ट ड्राइभको नाममा पनि सवारी चोरी भएको पाएका छौँ,’ उनी भन्छन्, ‘कहिले त घरको कम्पाउण्डभित्रबाट नै सवारी चोरी भएको पाइएको छ ।’
चोरी हुन नदिन सकेसम्म सवारीलाई सकेसम्म आफ्नो दृष्टि पुग्ने स्थानमा पार्क गर्ने तथा अत्याधुनिक प्रविधिको साथै अतिरिक्त लकको व्यवस्था गर्न उनको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन