शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बद्ध एयरबाट २४ हजारमै काठमाडौं–कोलकाताको दोहोरो उडान, कुन कुन दिन छन् उडान ?

बुधबार, ०१ फागुन २०७५, १६ : ५६
बुधबार, ०१ फागुन २०७५

काठमाडौं– बद्ध एयरले अन्तर्राष्ट्रियतर्फको दोश्रो उडान भारतको कोलकाताबाट सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पश्चिम बंगालका राजधानी कोलकाता उडानका लागि बुद्ध एयरले त्यहाँ आफ्नो अधिकारिक कार्यालय पनि खोलिसकेको छ ।

बुद्ध एयरले नवबर्ष २०७६ को आगमनसँगै वैसाख २ बाट कोलकाता उडान भर्नेछ । कोलकाता–काठमाडांैको सिधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमानसेवा कम्पनि हो ।

शुरुमा हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार उडान सञ्चालन गर्नेछ । काठमाडौंबाट बिहान ८ बजे र कोलकाताबाट स्थानीय समय १०ः३० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर ७२ बाट गर्नेछ ।

यात्रुको समय र पैसाको वचत गर्ने भन्दै बुद्ध एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरु भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरुको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरु पनि सञ्चालन गरेको छ ।

कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन् । यी प्याकेजहरु बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले गर्नेछन् । व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भएपनि कोलकाता उडानमार्फत् भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य लिएको बुद्ध एयरले जनाएको छ । 

बुद्ध एयरले देशका विभिन्न भागमा दिनहुँ ४ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ बुद्ध एयर भारतको वाराणसीमा साताको सोमबार र शुक्रवार गरि २ उडान भरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप