शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाले पहिलो पटक मनायो जनयुद्ध दिवस, १८ फोटोमा हेर्नुहोस्

बुधबार, ०१ फागुन २०७५, १३ : ५०
बुधबार, ०१ फागुन २०७५

काठमाडौंँ– पार्टी एकतापछि नेकपाले पहिलोपटक औपचारिक रुपमा जनयुद्ध दिवस मनाएको छ । 

तत्कालीन माओवादीले सशस्त्र संघर्ष थालेको २३ वर्ष पूरा गरी २४ वर्ष लागेको अवसरमा नेकपाले औपचारिक कार्यक्रम गरी यो दिवस मनाएको हो । 

२०५२ फागुन १ गतेका दिनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई र मोहन बैद्य लगायतका नेताहरु भूमिगत भएका थिए । त्यसपछि सुरु भएको जनयुद्ध १० बर्ष चलेको थियो । जनयुद्ध सुरु गर्ने तीन प्रमुख नेताहरु अहिले भने तीनतिर बाँडिएका छन् । 

प्रचण्ड नेकपामा छन् भने बाबुराम मार्क्सवाद नै छाडेर नयाँ शक्तिमा छन् भने मोहन बैद्य छुट्टै पार्टीमा छन् ।

 यसैबीच तत्कालीन माओवदी र एमाले मिलेर बनेको नेकपाले जनयुद्ध दिवसको स्मरणमा पार्टी कार्यालय धुम्बाराहीमा विशेष कार्यक्रमको आयोजना गर्यो । 

जसमा नेकपाका एक अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, भीम रावल र सुवास नेम्वाङ लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । 

‘जनआन्दोलन र जनयुद्धका सहिदहरुप्रति श्रद्धान्जली’ नामक उक्त कार्यक्रममा सहभागिहरुले जनयुद्ध र त्यस क्रममा सहादत प्राप्त गर्नेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । यसअघि अध्यक्ष प्रचण्ड आजै पेरिसडाँडा पुगेर सहिदहरुलाई स्मरण गरेका थिए । 

तस्बिरहरु : कृष्ण खड्का


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप