भेनेजुएलाः मादुरो र विपक्षी नेता खुआनको सत्ता संघर्ष नयाँ मोडमा
भेनेजुएलामा थुप्रै दिनदेखि राष्ट्रपति निकोलस मादुरो र विपक्षी नेता खुआन गोइदोबीच भएको सत्ता संघर्ष नयाँ मोडमा पुगेको छ ।
भेनेजुएलाको राजधानी कराकसमा खुआन गोइदोको समर्थनमा ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका छन् । थुप्रैको हातमा यस्ता प्लेकार्ड छन् जसमा मादुरोलाई पद छोड्नका लागि भनिएको छ ।
उता राष्ट्रपति मादुरोले बीबीसीलाई दिएको अन्तर्वार्तामा अन्तर्राष्ट्रिय समुदायसँग कथित अमेरिकी हस्तक्षेपविरुद्ध मद्दतको अपिल गरेका छन् ।
गोइदो आफैं गरिरहेका छन् नेतृत्वः
कराकसमा प्रदर्शनमा संलग्न मादुरोसँग सत्ता छोड्ने र भेनेजुएलामा मानिसहरुका लागि मानवीय मद्दत आउन दिन माग गरिरहेका छन् ।
यो प्रदर्शनको नेतृत्व विपक्षी नेता खुआन गोइदो गरिरहेका छन् ।
कराकसमा भीडलाई सम्बोधित गर्दै खुआन गोइदोले विरोध प्रदर्शन जारी राख्न अपिल गरेका छन् ।
उनले भने, ‘जसले विरोध समाप्त हुनेछ भनेर सोच्छन्, उनीहरुका लागि मसँग एउटा खबर छ । सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि भेनेजुएलाले स्वतन्त्रता नपाएसम्म र स्वतन्त्र चुनाव नभएसम्म हामी यहिँ हुनेछौं ।’
मादुरोले मागे मद्दतः
निकोलस मादुरोले बीबीसीलाई दिएको अन्तर्वार्तामा भेनेजुएलामा कथित अमेरिकी दखललाई देशमा कब्जा गर्ने कोसिसको संज्ञा दिइएको छ । साथै उनले यो मामलामा अन्तर्राष्ट्रिय समुदायसँग मद्दतको अपिल गरेका छन् ।
मादुरोले भने, ‘म संसारभरीका मानिसलाई आफ्नो आँखा खोल्न र निन्द्राबाट ब्यूँझिनका आग्रह गर्छु । हेर्नुहोस् त, एउटा शान्तिपूर्ण देशमाथि कस्तो आक्रमण भइरहेको छ ।’
उनले भने, ‘भेनेजुएलामा यसै पनि समस्या छ जस्तै, संसारको कुनै पनि दोस्रो देशमा र यदि तपाईं साँच्चै नै मद्दत गर्न चाहनुहुन्छ भने तपाईंले शान्तिको शान्तिको समर्थन गर्नुपर्छ । अमेरिकालाई हाम्रो देशमा हस्तक्षेप नगर्न भन्नुहोस् ।’
अघिल्लो महिना राष्ट्रपति मादुरोले राष्ट्रपतिको रुपमा आफ्नो दोस्रो कार्यकालको शपथ लिएका थिए तर विपक्षले चुनावमा धाँधलीको आरोप लगाएर चुनाव बहिष्कार गरेका थिए । पछि विपक्षी नेता खुआन गोइदोले आफूलाई अन्तरिक राष्ट्रपति घोषणा गरेका थिए ।
त्यसपछि अमेरिकासमेत लगभग २० देश खुआन गोइदोको समर्थनमा उत्रिएका थिए भने रुस, चीन र टर्कीसमेत विभिन्न देशले मादुरोलाई समर्थन गर्ने घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाद्वारा परमाणु हमलाको प्रत्याक्रमण अभ्यास
-
कतारका राजाको नेपाल भ्रमण : कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?
-
‘पढेलेखेकाहरूले देश बिगारे’ भन्ने भाष्य निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन सकेन : सीके राउत
-
सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव
-
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी
-
चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन