अत्यधिक सफल महिलाका १० उत्कृष्ट बानी
एक महिलालाई कुनै पनि व्यवसायमा स्थापित हुन गाह्रो छ । तपाईंलाई लाग्न सक्छ कि तपाईं पुरुषसँग प्रतिस्पर्धा गरिरहनुभएको छ वा तपाईंबारे धेरैले कुरा गरिरहेका छन्, तपाईंलाई ‘जज’ गरिरहेका छन् । तर एक महिला भएको नाताले हामीले एक अर्कालाई सहयोग गर्नुपर्छ र सफलताको भ–याङ चढ्नका लागि अपनाइने विभिन्न ‘टिप्स एण्ड ट्रिक्स’ साझा गर्नुपर्छ । हरब्यूटीले यहाँ यस्ता १० टिप्सबारे जानकारी दिएको छ ।
१. सफल महिलाले आफूलाई सधैं सिक्ने कुरामा खुल्ला छोडेका हुन्छन् । उनीहरुले शिक्षालाई उच्च प्राथमिकता दिएका हुन्छन् । यदि कोही महिलाले आफूलाई सर्वज्ञानी ठान्छिन् भने उनले आत्मविकासका लागि धेरै कुरा छुटाउन सक्छिन् ।
२. उनीहरु दृढ हुन्छन् र कहिले पनि हार मान्दैनन् । कार्यस्थलमा गरिने घोचपेच वा प्रोमोशनको कुनै अवसर नहुने हो भने आफूलाई उक्त काममा टिकाइराख्न निकै गाह्रो हुनसक्छ । तर जेके राउलिङ जस्ता गरिब र एकल आमाले हामीलाई दृढ संकल्पले कुनै पनि व्यक्तिलाई आइकनको रुपमा परिवर्तन गर्नसक्छ भन्ने कुरा सिकाउँछिन् ।
३. उनीहरुले समुदायका अन्य महिलालाई पनि सफल हुन सहयोग गर्छन् । समुदायका अन्य महिलाका लागि वकालत गर्नु र विभिन्न अवसरबारे जानकारी दिँदा यसले समुदायमा माया र सहयोगको वातावरण सृजना हुन्छ ।
४. उनीहरुले जहिल्यै बिहान आफ्नो बेड मिलाउँछन् । निकै व्यस्त दिनमा पनि । यसले सानो उपलब्धिको महसुस गराउँदै दिनभरीका समस्यासँग जुध्न र सकारात्मक सोचाईको लागि उत्प्रेरणा दिन्छ ।
५. उनीहरुको व्यवहारले उनीहरुको मानसिकता दर्साउँछ । सफल महिलाले आफ्नो दिनको सुरुवात स्मार्टफोन स्क्रोल गरेर बिताउँदैनन् । उनीहरुले योगा वा ध्यानमार्फत् दिन सुरु गर्छन् र दिनभरीका लागि के गर्ने कसो गर्ने भन्ने कुरामा केन्द्रित हुन्छन् ।
६. उनीहरुले प्राप्य लक्ष्य निर्धारण गर्छन् र त्यसलाई पछ्याउँछन् । लक्ष्य निर्धारण गर्दा निकै रमाइलो लाग्न सक्छ तर यो सही तरिकाले गरिएन भने यसले निराशा पनि निम्त्याउन सक्छ । यदि स–साना लक्ष्य निर्धारण गर्ने बानी बसेको छ भने ठूला लक्ष्य पनि तपाईंलाई मन्द हावाजस्तो लाग्न सक्छ ।
७. उनीहरु निकै संगठित हुन्छन् । दिनभरी गर्नुपर्ने कार्यको सूची तयार गर्नु र यसकै आधारमा आफूलाई ढाल्नु सफलताको सबैभन्दा मुख्य पाटो हो ।
८. उनीहरुले आफूले आफैंलाई चुनौती दिन्छन् र भयरहित बाँच्छन् । समस्याबाट निस्कनका लागि प्रत्येक दिन एउटा अवसर हो, र यो कुरा सफल महिलालाई राम्रोसँग थाहा हुन्छ । कुनै पनि सफल महिलाको सबैभन्दा उत्कृष्ट सीप भनेको समस्यासँग नडराउनु हो ।
९. उनीहरुले सबैकुरा एकै ठाउँ मिलाउँछन् । केही कुरा नौलो गर्न खोज्नु सफल हुनुको एउटा सिक्रेट हो । यसले तपाईंलाई आफ्नो ‘कम्फर्ट जोन’ बाट बाहिर निकाल्छ र यसमार्फत तपाईं आफैंमाथि विश्वास गर्न थाल्नुहुन्छ । केही नयाँ व्यवसाय सुरु गर्ने बेला यो कुराले तपाईंलाई निकै सहयोग गर्नसक्छ ।
१०. उनीहरु कहिले पनि आफूलाई अन्य सफल महिलासँग दाँजो गर्दैनन् । उनीहरुले अन्य सफल महिलालाई प्रेरणाको रुपमा हेर्छन् र रोल मोडलको रुपमा अँगाल्छन् । महिला तपाईंका प्रतिस्पर्धी होइनन्, तपाईं हामी दिदी बहिनी हौं र हामी एउटै समूहमा छौं । फरक यत्ति हो कि हाम्रो बाटो अलग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण