बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा गोली चल्यो, हतकडीसहित भागेका अभियुक्त पक्राउ

बुधबार, ०१ फागुन २०७५, ११ : ५२
बुधबार, ०१ फागुन २०७५

कैलाली–कैलालीको धनगढी नजिकैको जंगलमा गोली चलेको छ । 

 कैलाली जिल्ला अदालत परिसरबाट मंगलबार भागेका अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा  प्रहरीले गोली चलाएको हो ।

जबर्जस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका लम्कीका दिल्प दमाईंलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका बेला प्रहरीलाई झुक्याएर उनी फरार भएका थिए । 

हतकडी लगाएकै अवस्थामा फरार भएका उनलाई आज बिहान  नियन्त्रणमा लिन खोज्दा भाग्न थालेपछि एक राउण्ड गोली चलाएको हो । 

प्रहरीसँग जम्काभेट हुँदा अभियुक्त भाग्न खोजेकाले गोली चलाउनु परेको कैलाली प्रहरी प्रमुख आभुषण तिम्सेनाले जानकारी दिए । प्रहरीको गोली लागेर दमाइ सामान्य घाइते भएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप