शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय समिति बैठकमा चर्काचर्की, नेविसंघको कार्यसमिति भंग

मङ्गलबार, २९ माघ २०७५, २१ : ११
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं । नेपाली कांग्रेसले नैनसिंह महरको राजीनामा स्वीकृत गरेसँगै विद्यार्थी संगठन नेविसंघको कार्यसमिति भंग गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले महरले पछिल्लो समय गरेका निर्णयहरु पनि बदर गरेको छ । 

‘महर नेतृत्वको कार्यसमितिको कार्यकाल थप नगर्ने निर्णय भएको छ,’ कांग्रेस केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेलले भने, ‘यससँगै नेविसंघ जिल्ला सभापति, पदाधिकारी र सदस्यबाट भएका सबै मनोनयन बदर गरिएको छ ।’

बैठकमा नेविसंघको तदर्थ समिति ल्याउने विषयमा छलफल भएपनि पार्टीको विधान केन्द्रीय कार्यसमितिबाट अनुमोदन नहुन्जेलसम्म नेविसंघले तदर्थ समिति पनि नपाउने पौडेलले बताए । 

बैठकमा संस्थापन इत्तर पक्षका प्रमुख नेताहरु कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, शेखर कोइराला, दिलेन्द्र बडु, गगन थापा, प्रदिप पौडेललगायतले पार्टीको विधानलाई यथाशीघ्र पारित हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले विधान पारित गर्दैगर्दा महासमिति बैठकमा जिल्ला सभापतिहरुलाई सभापति शेरबहादुर देउवाले दिएको आश्वासनको आधारमा पारित हुनुपर्ने जोड दिए ।

उनीहरुको भनाईप्रति देउवा पक्ष बोलेका नेताहरुले प्रतिवाद गरेपछि केन्द्रीय कार्यसमितिको माहोल नै तनावपूर्ण भएपछि बैठक स्थगित गरिएको थियो । बैठक भोलि दिउँसो १ बजेको लागि बोलाइएको छ । 

यसअघि बैठक माघ १०, ११, १३, १४, २३, २४, २८ र २९ गते बसेको थियो । यो विषयमा यसअघि कुनै पनि निर्णय हुन सकेको थिएन् । 

नेविसंघका अध्यक्ष नैनसिंह महरले सोमबार राजीनमा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप