मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ मन्त्रीमण्डलले सार्वभौमसत्ताको रक्षार्थ काम गर्छ : प्रधानमन्त्री हरिरि

मङ्गलबार, २९ माघ २०७५, २० : ४२
मङ्गलबार, २९ माघ २०७५

बेरूत । लेवनानका प्रधानमन्त्री साद हरिरिले नयाँ सरकारले लेवनानको सार्वभौमसत्ताको सुरक्षा गर्ने मङ्गलबार बताएका छन् । 

‘नयाँ सरकारले लेवनानको सार्वभौमसत्ता रक्षाका लागि काम गर्नुका साथै देशको भूगोल, जुन आफ्नो अधिनबाहिर गएको छ, लाई आफ्नो नियन्त्रणमा ल्याउनका लागि कूटनीतिक रूपमा अघि बढ्नेछ,’ हरिरिको भनाईलाई स्थानीय टेलिभिजन च्यानल एमटिभीले उद्धृत गरेको छ । 

प्रधानमन्त्री हरिरिले संसदको बैठकमा भने, ‘हामीले हाम्रो देशलाई शत्रु, जसले हाम्रो मातृभूमिको प्राकृतिक साधनस्रोत र सम्पत्ति विगार्ने दाउ लगाइरहेका छन्, को फन्दाबाट यसलाई जोगाउन कुनै कसर बाँकि राख्ने छैनौँ ।’  

उनले भने, सरकार क्षेत्रीय विवादमा तटस्थ बस्नेछ साथै यसले अन्य मुलुकहरूसँगको सम्बन्ध विस्तार गर्दै यूरोपेली यूनियनसँग असल सम्बन्ध स्थापित गरेर अघि बढ्नेछ ।’  

लेबनानले आर्थिक तथा राजनीतिक सुधार गरेर मुलुकको अर्थतन्त्रलाई जोगाउने सुनौलो अवसरलाई खेर नफाल्ने प्रधानमन्त्रीले बताए । 

सरकारले सेडार सम्मेलनबाट अनुमोदित ११ अर्ब अमेरिकी डलर देश विकासका लागि भित्राउन आवश्यक नीतिगत सुधार गरी यसलाई कार्यान्वयनमा लाने प्रतिवद्धता पनि जाहेर गरे । उनले सन् २०१९ का लागि बजेट अनुमोदन गराएर सरकार छिट्टै आर्थिक सुधारका लागि प्रतिवद्ध रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप