सिरियामा भएको आक्रमणका ७० जना हताहत
मङ्गलबार, २९ माघ २०७५, २० : ३०
दमासकस । सिरियाको पूर्वी क्षेत्रमा भएको हवाई आक्रमणमा परी मृत्यु र घाइते हुनेको संख्या करिब ७० पुगेको अधिकारीहरुले बताएका छन् ।
अमेरिका नेतृत्वको सेनाले मङ्गलबार आक्रमण गरेको अधिकारीहरुलाई उद्धृत गर्दै राज्यद्धारा सञ्चालित टेलिभिजनले जनाएको छ ।
पूर्वी ग्रामीण क्षेत्र डेइर अल जौरमा विस्थापित व्यक्तिहरुलाई लक्षित गरी हवाई आक्रमण भएको बताइएको छ । घटनास्थल इस्लामिक स्टेट्स (आइएस) लडाकूहरुको प्रभाव रहेको क्षेत्र मानिन्छ ।
अमेरिका नेतृत्वको सिरियाली डेमोक्र्याटीक फोर्स (एसडीएफ) ले गत शनिबारदेखि आइएस लडाकू विरुद्धको अन्तिम कारबाही भन्दै आक्रमण सुरु गरेको थियो ।
घटना भएको क्षेत्रमा झण्डै २० हजार जना विस्थापितहरु आएर बसेका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा