इङ्ल्यान्डलाई विश्वकप जिताउने गोलरक्षक गोर्डनको निधन
एजेन्सी । इङ्ल्यान्डलाई सन् १९६६ को फिफा विश्वकप फुटबलको उपाधि दिलाउन महत्पवूर्ण भूमिका निभाएका गोर्डन बैंक्सको निधन भएको छ । गोर्डनको मंगलबार ८१ वर्षको उमेरमा निधन भएको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । इङ्ल्यान्डले पहिलो पटक विश्वकप फुटबलको उपाधि चुम्दा गोर्डनको पोस्ट सम्हाल्ने क्षमता बेजोडको थियो ।
सन् १९६३ देखि सन् १९७२ सम्म इङ्ल्यान्डको राष्ट्रिय टोलीमा रहेका गोर्डनले देशका लागि ७३ खेल खेलेका थिए । उनले ६ पटक विश्वकै सर्वोत्कृष्ट गोलरक्षकको उपाधि जिते । सन् १९७० को विश्वकपमा ब्राजिलका महान खेलाडी पेलेले सशक्त प्रहारलाई रोकेपछि गोर्डन थप चर्चामा थिए ।
गोर्डनले इङ्लिस क्लब लेस्टर सिटी, चेस्टरफिल्ड, स्टोक सिटी जस्ता चर्चिक क्लबबाट ब्यवसायिक फुटबल खेलेका थिए । गोर्डनको निधन भएको दुःखद् समाचार सुनाउनु पर्दा मर्माहित भएको बीबीसीले जनाएको छ । उनको निधनको कारण नखुलाईए पनि बुढ्यौलीका कारण हुनसक्ने अनुमान गरिएको छ ।
इङ्ल्यान्डले सन् १९६६ को विश्वकप जित्दा गोर्डनसँगै टोलीमा रहेका उनका सहकर्मी सर बबी चार्लटनले गोर्डनको निधनको आफूलाई मर्माहित बनाएको बताएका छन् । चार्लटनले गोर्डन सर्वकालीन महान गोलरक्षक रहेको पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा