शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आईजीपी खनाल भारत प्रस्थान

मङ्गलबार, २९ माघ २०७५, २० : ०८
मङ्गलबार, २९ माघ २०७५

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भारतमा आयोजनामा हुने आतङ्कवाद नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । 

आगामी फागुन १ र २ गते सञ्चालन हुने १९औँ ‘सिनर्जीष्ट नेशनल रेस्पोन्स टु इमजजिङ एण्ड टेरोरिष्ट थ्रेट’का विषयमा हुने सेमिनारमा सहभागी हुन आज भारत प्रस्थान गरेका हुन् । 

उनीसँगै राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीसमेत त्यसतर्फ गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उक्त कार्यक्रममा विभिन्न देशका प्रहरी प्रमुख तथा विशिष्ट प्रहरी अधिकृतसँग अन्तरक्रिया हुने भएकाले अन्तर्राष्ट्रियस्तरमा सुरक्षासम्बन्धी सम्बन्ध विस्तार हुने र नेपालको आन्तरिक सुरक्षाका संवेदनशीलताका विषयमा विश्लेषण गर्न सहयोग पुग्ने विश्वास लिइएको कार्यालयले जनाएको छ । 

उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । 

प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीलाई प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप