शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ हुँदै

मङ्गलबार, २९ माघ २०७५, १९ : ५०
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं– नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ आयोजना हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स र फ्यूट्रेक्स ट्रेड फेयरले संयुक्त रुपमा आयोजना गर्ने नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी यही फागुन ३, ४ र ५ गते काठमाण्डौ को भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।

प्रदर्शनीमा विभिन्न देश का २०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १२० भन्दा बढि स्टल रहनेछन् ।

फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउन प्रदर्शनी आयोजना गरिएको आयोजकले बताएको छ ।

यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरण मा टेवा पु¥याउने विश्वास आयोजकको छ ।  य

स प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर तथा इन्टेरियर डिजाइनरहरुको सहभागिता रहनेछ ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीको मुल उद्देश्यको रुपमा नेपालमा भएका उच्च दर्जाका काठहरु प्रयोग गरेर फर्निचर तथा अरु सामाग्रीहरु बनाइ निर्यात गर्ने वातावरण बनाउनु रहेको आयोजकले बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप