शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंक र भीपी आईएनसीबीच रेमिटयान्स सम्झौता

मङ्गलबार, २९ माघ २०७५, १९ : ४०
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं–सानिमा बैंक लिमिटेड र भीपी आईएनसीबीच दक्षिण कोरिया/नेपाल रेमिटयान्स सेवा सम्झौता भई संचालनमा आएको छ । यस सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र भीपी आईएनसीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जुन किमले हस्ताक्षर गरेका हुन् । 

यस सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत दक्षिण कोरियाबाट पठाएको रकम नेपालभरि १०,००० भन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत भुक्तानी लिन सकिनेछ । दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंक लगायत कुनै पनि बैंकको खातामा जम्मा गर्न सकिनेछ । 

सानिमा बंैकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेसले यू.ए.ई, मलेशिया, कतार, यू.के, दक्षिण कोरिया, अस्ट्रेलिया लगायत विश्वभरि बाट रेमिटयान्स सेवाका साथै आन्तरिक रेमिटयान्स सेवा पनि दिदै आइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप