‘वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न
काठमाडौं–‘दिगो र समुचित विकासको गति, नवीन इन्जिनियरिङ पद्धति’ भन्ने नाराका साथ माघ २४ गतेबाट सुरु भएको तीन दिने ९माघ २४, २५ र २६ गते दशौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा फोटोग्राफी, पेन्टिङ, क्विज, सफ्टवेयर कम्पिटिसन, टे«जर हण्ट, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, मोडल कम्पिटिसन गरी ८ विधामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रर्दशनीमा नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्यलगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो ।
प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सिनियर ब्राण्ड म्यानेजर अमित श्रेष्ठले वृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए । वृज सिमेन्ट इण्डष्ट्रीज केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा–लुम्विनी (रुपन्देही जिल्ला) मा अवस्थित छ ।
उक्त कार्यक्रम नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको प्राङणमा आयोजना गरिएको थियो । कार्यक्रम सिभिल इन्जिनियर बिधार्थी समाज नेपाल, सिभिल इन्जिनियरिङ केन्द्रिय क्याम्पस पुल्चोकको आयोजनामा
‘दिगो र समुचित विकासको गति, नवीन इन्जिनियरिङ पद्धति’ नारा सहित ३ दिनसम्म चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता जीवनले मोडल सकीसँग गरे विवाह
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न