शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यास्पियन कपमा निस्ट र टियु विजयी

मङ्गलबार, २९ माघ २०७५, १९ : ३०
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं– प्रथम क्यास्पियन कप इन्टर कलेज टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार निस्ट कलेज र टियु विजयी भएका छन् । मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा निस्टले पुल्चोक कलेजलाई पाँच विकेटले हरायो ।

पहिलो ब्याटिङ गरेको पुल्चोकले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा एकसय ६२ रन बनाएको थियो । एक सय ६३ रनको विजयी लक्ष्य पछ्याएको निस्टले १९.३ ओभरमा ५ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । निस्टका लागि सर्वाधिक ५४ रन बनाएका टेक सलामी म्यान अफ दी म्याच भए ।

यसैगरी मंगलबारनै भएको अर्को खेलमा टियुले एआईटिएम कलेजलाई एक सय २७ रनले हरायो । पहिले ब्याटिङ गरेको टियुले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा दुई सय ३७ रन बनाएको थियो ।

दुई सय ३८ रनको विजयी लक्ष्य पछ्याएको एआईटिएम कलेज २० ओभरमा ६ विकेटको क्षतिमा एक सय १० रनमा समेटिएको थियो । टियुको जितमा सुसान्त तिमिल्सेनाले सर्वाधिक ६४ र वसन्त खत्रीले ६१ रन बनाए । नरेश चन्दले ४० रन बनाएका थिए । एआईटिएमका विवेक चन्दले सर्वाधिक ३४ र आकाश कार्कीले २३ रन बनाए । अन्य ब्याट्सम्यान जम्न सकेनन् । टियुका बसन्त खत्री म्यान अफ दी म्याच भए ।

प्रतियोगिातका विभिन्न १६ टोलीले भाग लिएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । आठ दिने प्रतियोगितालाई सिजी ग्रुुपको वाईवाईले मुख्य प्रायोजन तथा यामाहा कम्पनीले सहप्रायोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप