शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङको बलेवामा प्याराग्लाइडिङको सफल परीक्षण

मङ्गलबार, २९ माघ २०७५, १९ : २९
मङ्गलबार, २९ माघ २०७५

बलेवा । बागलुङको बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पोखराको लेक भ्याली प्याराग्लाइडिङ कम्पनीले आज सफल परीक्षण गरेको हो ।

बागलुङ नगरपालिका–१३ पैँञ्युपाटाको पहरेको धुरीबाट प्याराग्लाइडिङ गरी वडा नं १४ नारायणस्थानमा रहेको विमानस्थलनमा सफल अवतरण गरिएको पाइलट टेकबहादुर थापाले बताए । 

प्रथम बलेवा महोत्सवका अवसरमा मुख्य आकर्षणका रुपमा प्रस्तुत गर्न लागिएको प्याराग्लाइडिङको आज परीक्षण उडान गरिएको थियो । परीक्षण सफल भएपछि महोत्सव अवधिभर छ प्याराग्लाइडिङ उडान गर्ने आयोजकले जनाएको छ । 

पोखरामा भइरहेको प्याराग्लाइडिङलाई बलेवामा पनि व्यावसायिकरुपमा सञ्चालनमा ल्याउने उद्देश्यका साथ परीक्षण गरिएको नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानका अध्यक्ष भरत पौडेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप