केन्द्रीय संस्करण

अनमोल केसी स्प्राईटका लागि नेपालको पहिलो ब्राण्ड एम्बेस्डर

person explore access_timeमाघ २९, २०७५ chat_bubble_outline0

काठमाडौं– स्प्राईटले नेपालीहरुको अभिनेता अनमोल के.सीलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ । 

अव कलाकार अनमोलले स्प्राईटसँग सहकार्य गरेर नेपालका लागि पदोन्नतीमा सहयोग गर्नेछन् ।

कोका–कोला नेपालका लागि कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘स्प्राईटले विश्वव्यापी रुपमा प्यासनेट युवाहरुसँग सहकार्य गर्दै आएको छ, जुन अनमोलको छवि र व्यक्तित्व छ, त्यो हाम्रो ब्राण्ड स्प्राईटसँग पूर्ण रुपमा मिल्छ । हामी देशको मुटुको धड्कन बनेका अनमोलसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छौँ ।’ 

स्प्राईटका नवनियूक्त ब्राण्ड एम्बेस्डर अनमोल के.सीले स्प्राईटको हिस्सा बन्न पाउँदा निकै उत्साहित भएको बताए । उनले अवसर प्रदान गरिदिएकोमा कोका–कोला नेपाललाई धन्यवाद प्रकट गरे ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ