शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटना हुँदा कावासोतीमा दुईको मृत्यु

मङ्गलबार, २९ माघ २०७५, १९ : २७
मङ्गलबार, २९ माघ २०७५

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । 

कावासोती–१६, डण्डामा दूध बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । 

बा३ख ९१५८ नंको ट्याङ्करले लु२८प २०३१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नवलपुरको मध्यबिन्दु नगरपालिका–२ बस्ने मोटरसाइकल चालक ४२ वर्षीय युवराज घिमिरे र सोही ठाउँ बस्ने ३६ वर्षीय पीताम्बर पाठकको मृत्यु भएको हो । 

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप