शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारको सुरक्षामा गम्भीर हुन महासंघको माग

मङ्गलबार, २९ माघ २०७५, १९ : २५
मङ्गलबार, २९ माघ २०७५

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सर्लाही शाखाका सदस्य एवं सामुदायिक रेडियो सर्लाहीका स्टेशन म्यानेजर सोम दियालीमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

महासङ्घले आज विज्ञप्ति जारी गर्दै महासङ्घले पत्रकार दियालीलाई आज बिहान ११ बजे फोन गरेर बोलाएर हरिवन नगरपालिका–९ स्थित सुखेपोखरीमा एक समूहले साङ्घातिक आक्रमण गरेका थिए । 

आक्रमणबाट गम्भीर घाइते भएका पत्रकार दियालीको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ । 

महासङ्घ पत्रकार दियालीमाथि भएको यो साङ्घातिक आक्रमणको कडा भत्र्सना गर्दै घटनामा संलग्न समूहको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन स्थानीय प्रशासनसँग माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप