पत्रकारको सुरक्षामा गम्भीर हुन महासंघको माग
मङ्गलबार, २९ माघ २०७५, १९ : २५
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सर्लाही शाखाका सदस्य एवं सामुदायिक रेडियो सर्लाहीका स्टेशन म्यानेजर सोम दियालीमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घले आज विज्ञप्ति जारी गर्दै महासङ्घले पत्रकार दियालीलाई आज बिहान ११ बजे फोन गरेर बोलाएर हरिवन नगरपालिका–९ स्थित सुखेपोखरीमा एक समूहले साङ्घातिक आक्रमण गरेका थिए ।
आक्रमणबाट गम्भीर घाइते भएका पत्रकार दियालीको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ ।
महासङ्घ पत्रकार दियालीमाथि भएको यो साङ्घातिक आक्रमणको कडा भत्र्सना गर्दै घटनामा संलग्न समूहको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन स्थानीय प्रशासनसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३१ जना प्रहरी नायव निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)
-
विरासत जोगाउने दाउमा स्पेन र उरुग्वे, केप भर्डेको ऐतिहासिक प्रदर्शनले समीकरण रोचक
-
१० वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
-
टीकापुरका महिला सीप सिकेर आयआर्जन गर्दै
-
किसानलाई करिब तीन करोड अनुदान
-
महिला टी–ट्वान्टी क्रिकेट: एपीएफ र कोशी उपाधिका लागि भिड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण