बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एसईई परीक्षा व्यवस्थित र मर्यादित बनाउन निर्देशन

मङ्गलबार, २९ माघ २०७५, १९ : १७
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले एसईई परीक्षा व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् ।  मङगलबार मन्त्रालयमा एसईई परीक्षा तयारीका सन्र्दभमा भएको छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र तयारी र छपाई, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीका सन्र्दभमा चासो व्यक्त गरेका हुन् ।

सो क्रममा परीक्षा भयरहित र व्यवस्थित हुनुपर्ने भन्दै पोखररेलले प्रश्नपत्र तयारी गर्दा र परीक्षा केन्द्र तोक्दा विषेश ध्यान दिन निर्देशन समेत दिए । बैठकमा प्रश्नपत्र छपाई कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको थियो । 

कार्यक्रममा यस बर्ष कुल १९६१ वटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । उनले प्रदेशगत रुपमा अनिवार्य ६ बिषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन गर्ने तयारी भएको पनि जानकारी गराए । बरालले उत्तरपुस्तिका परीक्षणका लागि करीव ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने जानकारी दिए । एसईई परीक्षा चैंत्र १० गतेदेखी शुरु हुँदैंछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप