एसईई परीक्षा व्यवस्थित र मर्यादित बनाउन निर्देशन
काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले एसईई परीक्षा व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् । मङगलबार मन्त्रालयमा एसईई परीक्षा तयारीका सन्र्दभमा भएको छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र तयारी र छपाई, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीका सन्र्दभमा चासो व्यक्त गरेका हुन् ।
सो क्रममा परीक्षा भयरहित र व्यवस्थित हुनुपर्ने भन्दै पोखररेलले प्रश्नपत्र तयारी गर्दा र परीक्षा केन्द्र तोक्दा विषेश ध्यान दिन निर्देशन समेत दिए । बैठकमा प्रश्नपत्र छपाई कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको थियो ।
कार्यक्रममा यस बर्ष कुल १९६१ वटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । उनले प्रदेशगत रुपमा अनिवार्य ६ बिषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन गर्ने तयारी भएको पनि जानकारी गराए । बरालले उत्तरपुस्तिका परीक्षणका लागि करीव ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने जानकारी दिए । एसईई परीक्षा चैंत्र १० गतेदेखी शुरु हुँदैंछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यसचिव अर्यालसँग चार कूटनीतिज्ञले एकैपटक किन भेटे ?
-
‘खल्ती सुरक्षा प्लस’ : ७६० रुपैयाँमा ५ लाख ३० हजारको बिमा
-
हसिना खानले लिइन् पद तथा गोपनीयताको शपथ
-
सोमपालले लिए यूएईको पहिलो विकेट
-
गण्डकीको संसद् बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय
-
वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट : कोशीमाथि बागमती प्रदेशको रोमाञ्चक जित