नेविसंघ चितवन जिल्ला अध्यक्षमा दिनेश पौडेल
काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसकिराखेको बेला केन्द्रीय अध्यक्षले चितवनमा अधिवेशन गराउनका निम्ति तदर्थ अध्यक्षका रुपमा दिनेश पौडेललाई पत्र पठाएका छन् ।
अध्यक्ष महरले केहीदिन अघिबाटै केन्द्रिय सदस्य थप्दै आएकोमा आज विभिन्न जिल्लामा तदर्थ समितिका नाममा पत्र काटेका छन् । महरले आजै मात्र पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा दिएका छन् ।
देउवाले राजीनामा पनि स्वीकृत गरिसकेको देउवा निकट स्रोतले जनाएको छ । महरले राजीनामा दिएसगै मार्ग प्रशस्त भएको नेताहरु बताउँछन् ।
नेविसंघ केन्द्रीय समितिको म्याद पटक–पटक थप्दा पनि अधिवेशन हुन नसकेपछि महरले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग भईरहेकै बेला राजीनामा आउनुले नेविसंघमा मात्रै होइन सिङ्गो काङ्ग्रेसलाई तरङ्गित बनाएको छ ।
अध्यक्ष महराले १५ जिल्लामा अधिवेशन सकियो र ५० बढि पालिका अधिवेशन सकिएको दाबी गरेका छन् । उनी पार्टी सभापति शेरबहादुर देउवा खेमाका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा