शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघ चितवन जिल्ला अध्यक्षमा दिनेश पौडेल

मङ्गलबार, २९ माघ २०७५, १९ : ०८
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसकिराखेको बेला केन्द्रीय अध्यक्षले चितवनमा अधिवेशन गराउनका निम्ति तदर्थ अध्यक्षका रुपमा दिनेश पौडेललाई पत्र पठाएका छन् । 

अध्यक्ष महरले केहीदिन अघिबाटै केन्द्रिय सदस्य थप्दै आएकोमा आज विभिन्न जिल्लामा तदर्थ समितिका नाममा पत्र काटेका छन् । महरले आजै मात्र पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा दिएका छन् ।

देउवाले राजीनामा पनि स्वीकृत गरिसकेको देउवा निकट स्रोतले जनाएको छ । महरले राजीनामा दिएसगै मार्ग प्रशस्त भएको नेताहरु बताउँछन् । 

नेविसंघ केन्द्रीय समितिको म्याद पटक–पटक थप्दा पनि अधिवेशन हुन नसकेपछि महरले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग भईरहेकै बेला राजीनामा आउनुले  नेविसंघमा मात्रै होइन सिङ्गो काङ्ग्रेसलाई तरङ्गित बनाएको छ । 

अध्यक्ष महराले १५ जिल्लामा अधिवेशन सकियो र ५० बढि पालिका अधिवेशन सकिएको दाबी गरेका छन् । उनी पार्टी सभापति शेरबहादुर देउवा खेमाका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप