शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खानेपानी मन्त्री र फिनल्याण्ड राजदूतबीच शिष्टाचार भेट

मङ्गलबार, २९ माघ २०७५, १९ : ०१
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं । खानेपानी मन्त्री बिना मगर र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती आन्तिनेनबीच आज मंगलबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

उक्त भेटवार्तामा राजदूत आन्तिनेनले नेपालका विभिन्न ग्रामीण भेगमा भईरहेको खानेपानीको समस्यालाई समाधान गर्न फिनल्याण्ड सरकारले सहयोग गर्ने बताएका छन् । 

घण्टौं घण्टासम्म हिँडेर पानी लिन जानुपर्ने ग्रामीण क्षेत्रको समस्यालाई समाधान गर्न फिनल्याण्ड सरकार तयार रहेको राजदूत आन्तिनेनले बताए । ग्रामीण भेगमा खानेपानीको व्यवस्था मिलाउन फिनल्याण्ड सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको राजदूतको भनाई छ । 

भेटमा मन्त्री मगरले फिनल्याण्ड सरकारले देखाएको सहयोगको प्रतिबद्धता ग्रामीण भेगका जनताका लागि महत्वपूर्ण हुने बताइन् । उनले ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पु¥याउने सरकारको योजनालाई पुरा गर्न फिनल्याण्ड सरकारले गरेको सहयोगको प्रतिबद्धताको प्रशंसा गरिन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप