बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डीपीएल क्रिकेट: रुपन्देहीसँग हार्यो विराटनगर

मङ्गलबार, २९ माघ २०७५, १८ : ४३
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं– रुपन्देही च्यालेन्जर्सले धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा रुपन्देहीले विराटनगर किंग्सलाई ५ विकेटले हरायो । रुपन्देहीले पहिलो खेलमा महेन्द्रनगर युनाइटेडलाई हराएको थियो ।

करण केसीको कप्तानीमा रहेको विराटनगरले दिएको ९४ रनको सामान्य लक्ष्य रुपन्देहीले १३.१ ओभर ५ विकेटको क्षतिमा पूरा गरेको थियो । रुपन्देहीको जितमा पुनित मेहेराले सर्वाधिक ४६ रन बनाए  । बाबर हायतले १७ र भिम सार्कीले अविजित १२ रन बनाए । बलिङमाविराटनगरका अभिनास यादवले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभर ९ विकेटको क्षतिमा ९३ रन बनाएको थियो । विराटनगरका लागि प्रनित थापा मगरले अविजित १७ रन बनाए । असद उल्लाह खानले १६, कुशल भुर्तेलले १२ र संसद शेखले १० रन बनाए ।

विराटनगरलाई सस्तैमा समेट्न रुपन्देहीका पुनित मेहेराले तीन विकेट लिए । ललित भण्डारी र कप्तान वसन्त रेग्मीले दुई–दुई विकेट झारेका थिए । दुई जितसँगै रुपन्देही लिगको शीर्ष स्थानमा उक्लिएको छ । रुपन्देहीले ४ अंक बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप